नेताहरूकै कारण युवा विदेश पलायन : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवा विदेश पलायन हुने क्रम बढेको टिप्पणी गरेका छन् । झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको बताएका हुन् ।

सभापति लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउँदै राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध गर्न नहुने उल्लेख गरे । ‘नागरिकका धेरै कुरा उठाउनु छ’, उनले भने, चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० गते अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।’

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईँलगायतका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए । सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर