बुण्डेसलिगामा बायर्न म्युनिखको शानदार शुरुवात

काठमाडौँ । जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न लिगको पहिलो खेलमा बायर्न म्युनिखले वेरडेरलाई ४-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो ।

बायर्नको जितमा लिरोय सानेले दुई गोल गरेका थिए भने अघिल्लो साता मात्र टोटनह्यामबाट बायर्न म्युनिख गएका ह्यारी केनले लिगमा आफ्नो डेभ्यु गोल गरेका थिए । केनले एक गोल असिस्ट समेत गरेका थिए । त्यस्तै अर्को गोल माथिस टेलले गरेका थिए । यो जितपछि बायर्नले लिगमा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब बायर्नले अर्को खेल अगस्त २७ मा अग्सबर्गविरुद्ध खेल्ने तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर