एमालेका चार नेतालाई कामबाट बिदा दिने निर्णय

काठमाडौं ।  नेकपा एमालेले स्वास्थ्यलगायतका कारण देखाउँदै हाललाई चार नेतालाई पार्टीको कामबाट बिदा दिने निर्णय गरेको छ । एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई कामबाट बिदा दिने निर्णय गरेको हो ।

एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरुको हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने उल्लेख गरिएको छ । यस्तै केशव स्थापित र प्रमोद नारायण यादवलाई केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेअनुसार केन्द्रीय कमिटी सदस्यबाट पदमुक्त गरिएको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर