मुलुकको आर्थिक अवस्था : मुद्रास्फीति ७.७४ प्रतिशत, आयात निर्यात घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित) तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । यस्तै आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु. २९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४७ खर्ब ९७ अर्ब पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर