कोशीका मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री उध्दव थापाले भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन्।

“नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा ४ बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत चाहेकोले मिति २०८०- ०५- ०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेशसभा २०७४ पहिलो संशोधन सहित को नियम २ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्तावसम्बन्धी सूचना दिएको छु”, थापाले दिएको निवेदनमा उल्लेख छ।

थापाले आज अपरान्ह सचिवालयमा निवेदन दिएका हुन्। थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर