शान्तिपूर्ण विद्रोह गरी रास्वपालाई सत्तारुढ गराइदिन याचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक सत्तारुढ हुने अवसर दिन याचना गरेका छन् । इलामको फिक्कल चोकबजारमा बिहीबार आयोजित जनसभा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीलाई बहुमतसमेत विजयी गराइ एक पटक अवसर दिन सर्वसाधारणसँग आग्रह गरे ।

“काम गर्न सकेनौँ भने यो क्षेत्र घन्टी निषेधित बनोस्”, उनले भने, “इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुनसकेको छैन ।” उनले आफूहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए सुन तस्करी, ललितानिवासलगायतका प्रकरणबारे छानबिन गर्ने दावीसमेत गरे । रास्वपाको उदयबाट आत्तिएकाले आफूहरूविरुद्ध हमला गरिरहेको उनको भनाइ थियो । “हामीलाई सिद्धान्तविहीन पार्टी भन्दै खेदो खन्ने गरेका छन्”
उनले भने, “गुणस्तरीय शिक्षा, घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह नै हाम्रो सिद्धान्त हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर