चमत्कारी धीरेन्द्र शास्त्री बागेश्वर बाबा काठमाडौंमा

काठमाडौं । भारतका चमत्कारी तथा चर्चित धार्मिक गुरु धीरेन्द्र शास्त्री बागेश्वर बाबा नेपाल भ्रमणमा आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा श्क्रबार नेपाल आएका हुन् ।

आज उनले अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । चौधरी समूहले निर्माण गरेको शाश्वत धाममा उनले भदौ‌ २ देखि ४ गतेसम्म हनुमान कथा वाचन गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर