भेटघाट बाक्लो तर सदन चल्ने छाँटकाँट छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भेट गरेकाा छन् । सदन अवरोध लामो समयदेखि हुँदै आएपछि सदन खुलाउने विषयमा उनले प्रधानमन्त्रीसँग छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ । प्रधानमन्त्री–सभामुख भेट यो पाँचौँ पटक हो । बिहान ९ बजेदेखि सुरु भएको छलफल १०ः३० बजे सकिएको छ ।

भेटमा सभामुखले भने, “सदन नचल्नु राम्रो भएन । माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।”

सभामुखले समितिको नेतृत्व चयन हुन नसकेको समेत जानकारी गराउनुहुँदै संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो आएकाले तत्काल वातावरण बनाउनुपर्ने खाँचो रहेको बताए । प्रधानमन्त्रीले भने, “म पनि सदन खुलाउन भूमिका खेल्छु, तपाइँ पनि लाग्नुहोस्, छिट्टै सहमति गर्नपर्छ, म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर