रामकुमारी झाँक्रीलाई एमालेमा फर्किन निम्ता

काठमाडौं । एमालेले नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई एमालेमा फर्किन निम्ता दिएको छ । नेता खिललाल भट्टराईले झाँक्रीसँग भेट गर्दै एमाले फर्किन निम्तो दिएका हुन् । पछिल्लो समय नेकपा एससँग असन्तुष्ट भइरहेका बेला झाँक्रीले भट्टराईसँग भेट गरेकी हुन् ।

भट्टराईले झाँक्रीलाई एमालेमा फर्किन निमन्त्रणा गरेको जानकारी दिए । ‘हामीबीच कुराकानी भयो । बाहिर धेरै हल्ला भयो । एमालेमा फर्किनुस् भनेर मैले आग्रह गरे । किनकि यतिखेर उहाँप्रति पार्टी पंक्ति सकारात्मक छ’ भट्टराईले भने, ‘पार्टी बनाउन सबै लागौं । किनकि हामी सबै एउटै आन्दोलनबाट आएका हौं । अलग पार्टीमा लागेकोमा उहाँप्रति नकारात्मक छैनौं । हाम्रो घर र मूलधार पनि एउटै भनेर मैले एमालेमा फर्किन आग्रह गरें ।’

झाँक्रीले पनि एमाले फर्किन सकारात्मक जवाफ दिएको जानकारी उनले दिए । ‘मेरो आग्रहमा उहाँको प्रतिक्रिया नकारात्मक छैन । जहाँबाट हुर्कियौं त्यहीबाट पोजिसन बनाउने हो भन्नेमा उहाँ पनि प्रष्ट हुनुपहुन्छ ।’ मन्त्रीबाट हटाइएदेखि नै झाँक्री नेकपा एसको नेतृत्वकोसँग असन्तुष्ट रहँदै आएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर