भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा

काठमाडौं ।  भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसराे) को चन्द्रयान ३ मिसनले हिजो बिहीबार नयाँ कीर्तिमान बनाएको छ । वैज्ञानिकले चन्द्रयान ३ को ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग गरेका छन् । यसको मतलब अब ल्यान्डर बिस्तारै चन्द्रमाको सतहतिर सर्नेछ ।

इसरोले आज शुक्रबार दिउँसो ४ बजेसम्म चन्द्रयान ३ को ल्यान्डरलाई चन्द्रमाको सतहभन्दा नजिक ल्याउने प्रयास गरिने बताएको छ । इसरोका पूर्व वैज्ञानिक मैलास्वामी अन्नादुराईले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै यसलाई कोशेढुङ्गा भनेका छन् । ल्यान्डर र रोभरले यो मिसनलाई कसरी अगाडि बढाउने भनेर भारतमात्र होइन सारा विश्व पर्खिरहेको छ ।

चन्द्रयान ३ को ल्यान्डर र रोभर अगस्ट २३ अर्थात् आउँदो बुधवार चन्द्रमाको सतहमा अवतरण गर्नेछन् । यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ । भारतको केन्द्रीय विज्ञान तथा प्रविधिका राज्य इन्चार्ज जितेन्द्र सिंहले इसरोको यो सफलता भारतका लागि मात्र नभई विश्वकै लागि महत्त्वपूर्ण सफलता भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर