मेस्सी, हालान्ड र डी ब्रुयना यूईएफए वर्ष खेलाडीको मनोनयनमा

काठमाडौं ।  युरोपियन फुटबलको सवोच्च निकाय यूईएफएले प्लेयर अफ दी इअरको मनोनयन सार्वजनिक गरेको छ । पुरुष तीन जनाको सूचीमा लियोनल मेस्सी, एर्लिङ हालान्ड र केभिन डी ब्रुयना रहेका छन् । मेस्सी हालै पीएसजी छाडेर इन्टर मियामी पुगेका छन् । हालान्ड र ब्रुएना म्यानचेस्टर सिटीका हुन् । मेस्सीले गएको वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए ।

यसैगरी सिटीका हालान्ड र ब्रुयनाले गएको सिजन तीन उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए । अगस्ट ३१ मा मोनाकोमा हुने च्याम्पियन्स लिगको समूह विभाजनको दिन यो पुरस्कार घोषणा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर