भारतका सबै मुस्लिम पहिले हिन्दू थिए : आजाद

काठमाडौं । भारतका पूर्वकेन्द्रीय मन्त्री तथा डेमोक्रेटिक प्रोग्रेसिभ आजाद पार्टीका अध्यक्ष गुलाम नबी आजादले भारतका सबै मुस्लिम पहिले हिन्दू भएको दाबी गरेका छन्। यससँगै उनले काश्मीरमा बसोबास गर्ने मुस्लिम समुदायविरुद्ध पनि टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘काश्मीरमा बस्ने सबै मुस्लिम हिन्दू धर्मबाटै रूपान्तरण भएका हुन्।’ आजादले भने, ‘इस्लाम १५०० वर्षअगाडि आएको हो, हिन्दू धर्म धेरै पुरानो हो। १०–२० जना बाहिरबाट आएका होलान्,।जो मुगलको सेनामा थिए। बाँकी सबै भारतमा हिन्दूबाट मुस्लिम बनेका हुन्। यसको उदाहरण हाम्रो काश्मीरमा छ। ६०० वर्ष पहिले काश्मीरमा को थिए मुस्लिम ? सबै कश्मिरी पण्डित थिए।’ (बीबीसी हिन्दीबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर