नेप्से ८.०१ अंकले बढेर बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.०१ अंकले बढेर दुई हजार ३३ दशमलब १३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्ब ५४ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यसको शेयरमूल्य आज १० प्रतिशतले बढेर बन्द भएको छ । यसका साथै आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.७४ प्रतिशतले बढेको छ ।  आज लक्ष्मी इकयुटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.४३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडकोे भएको छ । यस कम्पनीको आज १३ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर