फिफा महिला विश्व कप : इङ्ल्यान्ड र स्पेन खेल्ने

काठमाडौं ।   फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । यो महिला विश्वकपमा नयाँ टोली च्याम्पियन बन्ने भएको छ । फाइनल खेल आइतवार हुनेछ । अस्ट्रेलियाले तेस्रो स्थानका लागि शनिवार स्वीडेनसँग खेल्नेछ । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर