बौद्धमार्गीहरूको गुँला पर्व सुरु

काठमाडौँ । नेवा: समुदायमध्ये बौद्धमार्गीहरूको मनाउने गरेको गुँला पर्व अर्थात नवौँ महिना पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात नवौँ महिना बिहीबारदेखि सुरु भएको हो । नेवा: समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरूले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् ।

साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । परिक्रमा गर्ने समयमा राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर