संयुक्त राष्ट्रसङ्घद्वारा कोलम्बिया हिंसाको निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ ।

कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् । सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र सङ्घले जनाएको छ ।

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गर्नुभएको छ । बोगोटामा  मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैर–राज्य र सशस्त्र समूह तथा आपराधिक सङ्गठनका नरसंहारका घटनाले सबैलाई चिन्तित तुल्याएको बताउनुभयो ।

गत वर्षको अन्त्यमा राष्ट्रपति गुस्ताभो पेट्रोले देशका पाँच प्रमुख सशस्त्र समूहहरूसँग द्विपक्षीय युद्धविरामको घोषणा गर्नुभएको थियो तर त्यसको पूर्ण पालना नहुँदा अमूल्य मानव जीवन अतिवादी समूहको आक्रमणमा नाश भइरहेको छ । बितेका छ महिनाम नरसंहारका घटनामा १९ जना बालबालिकाका साथै एक सय ६८ जना मारिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर