घुस लिएको अवस्थामा सप्तरीमा दुईजना पक्राउ

काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग अपरेटर यादवले आज बुधबार बिहान ९ बजे दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपयाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । सोलार बत्ती जडानलगायतको योजनामा भुक्तानी गर्दा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा यादवद्वयलाई आयोगको कार्यालय इटहरीको टोलीले राजविराज–३ बाट नियन्त्रणमा लिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर