एअर इन्डियाको जहाज पार्किङमा ल्याएपछि अन्य उडान सुचारू

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) मा पुगेको एअर इन्डियाको जहाजको पाङ्ग्रा लक भएको छ । रनवेमा पुगेको जहाजको पाङ्ग्रा लक भएपछि केहीबेर अरू उडान र अवतरण बन्द भएका थिए ।

जहाजलाई मेशिनले तानेर पार्किङमा पुर्‍याएपछि अहिले अरू उडान सञ्चलन भएका छन् । काठमाडौंबाट नयाँदिल्ली जान लागेको जहाज रनवेमै हुँदा राजविराजबाट आएको बुद्ध एअरको जहाजले आकाशमै १० फन्का लगाएको थियो भने कतार एअरवेजको जहाजलगायत अरू केही जहाज आकाशमै होल्ड भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर