गिरीबन्धु टी स्टेट र महरा बाबुछोरामाथि अनुसन्धान गर्न निर्देशन दिइसकेँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू संलग्न भएको आशंका गरिएको झापाको गिरीबन्धु टी स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार भएको फाइल अनुसन्धान हुने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार सम्पादकहरूसँगको भेटघाटमा उक्त कुरा बताएका हुन् । उनले आफ्ना पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि छानबिन गर्न निर्देशन दिइसकेको बताए ।
प्रधानमन्त्रीले ललितानिवास, नक्कली भुटानी शरणार्थी र पछिल्ला सुन तस्करी प्रकरणमा संलग्न आफ्नै दलका नेतासहित जोसुकै भए पनि अनुसन्धान नरोकिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर