विपद्जन्य घटनामा २१ जनाको मृत्यु

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीले ज्यान गुमाएका हुन् । २१ जनाको मृत्यु हुनुका साथै सयौँ नागरिकहरु बेपत्ता भएको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले बताए । उनले प्रभावित क्षेत्रको अवस्थाबारे समेत जानकारी लिए ।

स्थानीय अधिकारीहरुका अनुसार सिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । साथै सो क्षेत्रमा अन्य केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । त्यस्तै सिमलाको फागलीमा पहिरोमा परी अन्य चार जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै सोलान जिल्लामा चट्याङ पर्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ भने मण्डीमा पहिरोले घर पुर्दा दुइ जनाको मृत्यु भएको छ । मण्डीको बम्बोला गाउँमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सोलन जिल्लाको बलेरा गाउँमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

भारतको हिमाञ्चल प्रदेश मनसुन सुरु भएयता बढी प्रभावित बनेको छ । खराब मौसमका कारण सोमबार हिमाञ्चल प्रदेशका शैक्षिक संस्थाहरु बन्द गराइएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर