भक्तपुर क्रिकेट संघमा पाण्डे निर्वाचित

काठमाडौं । मनिष राज पाण्डे भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व सदस्य समेत रहेका पाण्डेले अध्यक्षका अर्का प्रत्यासी रुपक रन्जितलाई २ भोटले हराउँदै निर्वाचित भएका हुन् ।

पाण्डेले १४ भोट ल्याउँदा रन्जितले १२ भोट प्राप्त गरे ।

पाण्डे क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का अध्यक्ष समेत हुन् ।

त्यस्तै उपाध्यक्षमा अम्पायर धर्म सुन्दर शाक्य विजयी भएका छन् । शाक्यले १४ मत प्राप्त गर्दा अर्का प्रत्यासी कुन्दन राज सुवेदीले १२ भोट प्राप्त गरे ।

सचिवमा सन्जय बस्नेत विजयी भए । सन्जयले चिठ्ठा मार्फत जितेका थिए ।

सन्जय र अर्का प्रत्यासी किशोर चौगुटीको समान १३ भोट भएपछि चिठ्ठाबाट निर्णय लिईएको थियो । कोषाध्यक्षमा कवि खागी विजयी भए ।

कविले प्रतिद्वन्दी सागर पलिखेललाई २ मतले हराएका थिए ।

त्यस्तै सदस्यमा सुरज शाक्य, स्वस्तिका पौडेल, रोम श्रेष्ठ, बुद्धिराम तामाङ, राजेश कुमार ठाकुर, सुमन रन्जितकार, रत्न हरि प्रधानागं,निरा राजोपाध्य, अभय राणा र नगेन्द्र भट्टराई चुनिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर