पेट्रोल पम्पमा भएको विस्फोटमा २५ को मृत्यु ५ दर्जन बढी घाइते

काठमाडौं । रुसको एक पेट्रोल पम्पमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् ।

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार राती पौने १० बजे दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा मृत्यु हुनेहरुमा ३ जना बालबालिका रहेका छन् भने अस्पताल भर्ना गरिएका घाइतेहरुको संख्या ६६ पुगेको छ ।

विस्फोटबाट पेट्रोल पम्प ध्वस्त भएको छ भने विष्फोटको कारण खुलाइएको छैन । विष्फोट भएको क्षेत्र राजधानी मस्कोबाट १६ सय किलोमिटर टाढा पर्दछ । विस्फोट लगत्तै भएको आगलागीले दर्जनौ सवारी साधन पनि नष्ट भएका छन् ।

आगलागीपछि आकाशमा धुँवाको मुश्लो फैलिएको थियो । दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई धैर्य गर्न अपील गर्नुभएको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर