रोनाल्डो अनुपस्थित खेलमा अल नासरको हार

काठमाडौं । केही दिन अघि मात्र अरब क्लब कपको उपाधि जितेको अल नासरले साउदी प्रो लिगको पहिलो खेलमा हार बेहोरेको छ ।

सोमबार राती भएको खेलमा अल इतिफकले अल नासरलाई २-१ ले पराजित गरेको हो ।

नियमित कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा अल नासरलाई साडियो मानेले अग्रता दिलाएका थिए ।

उनले खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा रोबिन क्वेजनले अल इतिफकका लागि बराबरी गोल फर्काए ।

५३ औं मिनेटमा अल इतिफकका मौसा डेम्बेलेले गोल गर्दै खेल आफ्नो पक्षमा पारेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर