रवि लामिछानेको सभामुखप्रति रोष : संसद हाइज्याक भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले संसद हाइज्याक भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद् बैठकलाई सभामुख देवराज घिमिरेले आफूअनुकूल चलाएर ुहाइज्याक गरेको आरोप लगाएका हुन् । लामिछानेले संसद् बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजनाअनुसार संसद् बैठक चलाइएको दाबी पनि गरे ।

सभामुखले संसद्को नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै सभापति लामिछानेले कसका लागि लागि र किन त्यस्तो गरिएको हो भनी प्रश्न गरे । उनले सभामुखमाथि शङ्काको घेरा देखिएको पनि बताए ।

उनले भने, ‘हामी घोर भर्त्सना गर्न चाहन्छौँ । यसरी मिलिजुली संसद्लाई बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेहरूलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि जरजस्ती बन्द गर्ने । सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय क्रियाकलाप हेर्दा यो सदन हाइज्याक भएकै हो । दल छोडेर सदन छिरिसकेपछि, सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन । व्यवहारले पनि पाइँदैन । क्रियाकलापले पनि पाइँदैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर