ब्रेक शुभित्रको सुनको तौल ६० किलो सात सय ७९ ग्राम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको सुनको परिमाण ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको छ ।

आज सोमबार बरामदी ब्रेक शुु भित्रको सुन निकाल्दा ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । तर शु मा अझै केही कालो पदार्थ मिसिएको रहेकाले पगालेपछि तौल केही घट्न सक्नेछ । भोलि मङ्गलबार बिहान सुन पगाल्ने महाशाखाले जनाएको छ ।

हङकङबाट गत असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको हिरासतमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर