भक्तपुरमा जनैपूर्णिमा भदौ १३ गते र गाईजात्रा १४ गते मनाइने

भक्तपुर । भक्तपुरमा जनैपूर्णिमा भदौ १३ गते र गाईजात्रा भदौ १४ गते मनाउने निर्णय गरिएको छ । विक्रम संवत् पात्रोअनुसार यस वर्ष भदौ १४ गते जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँगको छलफलपछि सो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवम् पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर