गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने सांसद शर्माको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री आतंककारीका रुपमा प्रस्तुत भएको भन्दै उनले गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

आफूले सुन तस्करी प्रकरणका दोषीलाई कारवाही गर्न र नैतिक रुपमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेकै आधारमा आफूलाई पक्राउ गरेर एक दिनसम्म अवैध रुपमा हिरासतमा राखिएको भन्दै आपत्ति जनाए । सभामुखलाई जानकारी नै नदिई, पक्राउ पुर्जी नै जारी नगरी आतंकपूर्ण ढंगले आफूलाई निवासबाट पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाए ।

उनले गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता नरहेको भन्दै उनले तत्काल राजीनामा दिन माग गरे । सांसद शर्माले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आफूलाई पक्राउ गरेपछिका घटनाबारे संसदलाई जानकारी समेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर