मिस युनिभर्सद्वारा इन्डोनेसियासँगको सम्बन्ध भंग

काठमाडौं  । मिस युनिभर्स इन्डोनेसियाको प्रतिस्पर्धाका क्रममा यौन दुर्व्यवहारको  उजुरीपछि मिस युनिभर्स अर्गनाइजेसन (एमयूओ)ले इन्डोनेसियासँगको सम्बन्ध तोडेको छ। अमेरिकामा मुख्यालय रहेको एमयूओले इन्डोनेसियाको फ्रेन्चाइजले  गुणस्तर, नैतिकता र अपेक्षा कायम राख्न नसेकको भन्दै सम्बन्ध तोडेको बताएको हो। एमयूओका अनुसार यो वर्ष मलेसियामा हुने प्रतियोगिता पनि रद्द गरिएको छ। मलेसियामा समेत उही कम्पनी पीटी कापेल्ला स्वस्तिका कार्याले फ्रेन्चाइज लिएको थियो।

एमयूओले यौन दुर्व्यवहारबारे उजुरी दिने प्रतिस्पर्धीलाई धन्यवाद पनि दिएको छ। आफूहरूले महिलाको सुरक्षालाई सधैँ प्राथमिकतामा राख्ने सो संगठनले जनाएको छ। यो घटनाबारे जाकार्ता पुलिसले अनुसन्धान गरिरहेको छ।

इन्डोनेसियामा मिस युनिभर्स प्रतियोगिताका आयोजकले यौन उत्पीडन गरेको भन्दै कतिपय प्रतिस्पर्धीले प्रहरीमा उजुरी दर्ता गरेका थिए।  आयोजकले फाइनलको दुई दिनअघि प्रतिस्पर्धीको शरीर जाँच र फोटोग्राफीका लागि भन्दै कपडा खोल्न लगाएका थिए। उनीहरुको शरीरमा घाउ वा ट्याटु भए–नभएको जाँच्नुपर्ने बताएका थिए। (एजेन्सी)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर