भेरी नदीको बहाव उच्च हुँदा दुनैबजार खतरामा

काठमाडौं। लगातारको वर्षातले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजारमा खतरा बढेको छ । सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदीको पानीको बहाव उच्च भएपछि सदरमुकामवासीलाई चिन्ता भएको छ ।
प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले दुई दिनमा एक्कासि भेरी नदीको बहाव उच्च रहेकाले पनि सर्वसाधारणमा त्रास बढ्नु स्वाभाविक भएको बताए ।
उनले भने, ‘‘भेरीको बहाव बढेको छ दुनै बजारको तटीय क्षेत्रमा केही कटान गरेको भए पनि खासै असर नगरेको तर वर्षात् कम नभई अझै बढ्न गई नदीको बहाव झनै बढेमा खतरा नहोला भनेर यसै भन्न सकिँदैन ।’’
दुनै बचाउ कार्यक्रमअन्तर्गत तीन वर्षअघि दुनै बजारको बीच भाग भएर बग्ने भेरी नदीको दुबैतर्फ मेसिनरी बाल निर्माण गरिएकाले खतरा हुनबाट भने केही बचाएको उनको भनाइ छ ।
प्रतिक्रिया