अध्यक्ष माधव नेपाल आज फर्कंदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर आज सोमबार स्वदेश फर्किन लागेका छन् । सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारले अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जानकारी दिए।
एक साता अघि स्विट्जरल्याण्डलगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललितानिवास प्रकरणमा छानबिनको दायरामा परेपछि भ्रमण छोट्याएर स्वदेश फर्कने निर्णयमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर