सप्तकोशीमा उच्च वहाव, ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्  । उनका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ ।

अघि बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्। सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ। ‘अहिले धेरै जोखिम छैन, हामी स्थलगत अवलोकनमै बिहानैदेखि खटिएका छौँ । सम्भावित जोखिम कम गर्न उच्च अलर्ट बस्न आग्रह गरेका छौँ’, उनले भनिन् । कोशी ब्यारेजमा अहिले आवतजावत बन्द गरिएको छ । त्यस आसपासका क्षेत्रमा  सावधानी अपनाउनु आग्रह गरिएको छ । (फाइल : तस्बिर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर