रञ्जितकुमार यादव सक्कली डाक्टर प्रमाणित

काठमाडौं ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले सक्कली डाक्टरलाई समेत पक्राउ गरेको खुलेको छ।

सीआईबीले नियन्त्रणमा लिएका महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा. रञ्जितकुमार यादव  थिए। यादव नक्कली नभइ सक्कली डाक्टर रहेको खुलेको छ। सक्कली डाक्टर रहेको खुलेपछि अहिले सीआईबीमा कसरी यस्तो भयो भन्दै आन्तरिक सोधपुछ समेत गरिएको छ।

रञ्जितकुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेको हो। ३ दिनसम्म हिरासतमा बसेपछि सक्कली रहेको खुलेपछि यादवलाई भने सीआईबीले सुटुक्क रिहा गर्ने प्रक्रिया अघि बढाएको छ।

यादव सक्कली रहेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनको डकुमेन्टसहितको पत्र सीआईबीलाई आइतबार पठाएको छ। काउन्सिलको उक्त पत्रपछि सीआईबीले यादवलाई छाड्ने प्रक्रिया अघि बढाएको हो। काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले भने यादवको डकुमेन्टहरु सिलबन्द गरेर सीआईबीको पठाएको पुष्टि गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर