गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ : सांसद शर्मा

काठमाडौं । कांग्रेसका सांसद डा. सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफूपछि नहट्ने बताएका छन् ।

काग्रेस संसदीय दलको बैठकमा आफ्नो धारणा व्यक्त गर्दै उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताए । एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।

उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनको आइएसीको प्रमाणपत्र नक्कली भएको आरोपमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढायँदा काठमाडौं जिल्ला अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनी रिहा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर