सरकार फेरबदलको कुरा भएको छैन : लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय बैठकमा सरकार फेरबदलको विषयमा छलफल नभएको बताएका छन् ।

संसद् भवन परिसरमा आइतबार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक लेखकले भने, “सरकार बदल्ने, ढाल्ने अर्को बनाउने कुनै कुरा भएको छैन ।”

बैठकमा सन्दर्भमा उनले संसदीय दलको बैठकमा हालसम्म ५० जना सांसदले आ–आफ्नो धारणा व्यक्त गरेको जानकार दिँदै भने, “कांग्रेसको संसदीय बैठक निरन्तर चलिरहेको छ । ५० जना सांसदले धारणा राख्नुभयो । बोल्ने क्रम निरन्तर भएकाले भोलि ११ बजे यसै ठाउँमा बैठक बस्छ ।”

उनले सोमबार महत्त्वपूर्ण प्रस्ताव पारित गरेर बैठक समापन हुने बताए । लेखकले भने, “जे विचार, भावना व्यक्त भएको छ । भोलि संसदीय दलको बैठकबाट महत्त्वपूर्ण प्रस्ताव पारित गर्छौँ । सबै कुरा छलफल गरेर टुङ्गोमा पुर्‍याउँछौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर