प्रहरीद्वारा बन्धक बनाइराखेका बंगलादेशीको उद्धार

काठमाडौं । बंगलादेशीलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन् । बंगलादेशीलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्लादेशी र नेपाली गरी सात जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस्तै कार्यालयले बन्धक बनाइएका ६ जना बङ्लादेशीको समेत उद्धार गरेको छ ।

गिरोहले वैदेशिक रोजगारीमा लैजाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो । पक्राउ पर्नेहरूमा बंगलादेशको गाजीपुरका ४७ वर्षीय अमिर हुसेन, बरिसालका ३७ वर्षीय एमडी मोसिउर, ललितपुरको हरिसिद्धि बस्ने ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ की २७ वर्षीया तारा नेपाली, २१ वर्षीय जहाँगीर आलम, काठमाडौंको हाडीगाउँ बस्ने २१ वर्षीय तहमिना बेगम र इलामको चुलाचुली गाउँपालिका–४ की ३३ वर्षीया रोशनी राई रहेका छन् ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आज आइतबार प्रहरी परिसर काठमाडौ पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिए । पीडितमध्ये कालीमाटीमा रहेको मेमोरियल गेस्ट हाउसबाट एमडी नाजमुल, एमडी इयासिन, इब्राहिम हुसैन र एमडी अल अमिन र हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर