दोस्रो विश्व युद्धका क्रममा छाडिएको बम फेला

काठमाडौं । पोल्याण्डको लुबलिन शहरमा दोस्रो विश्व युद्धका क्रममा छाडिएको बम फेला परेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार निर्माण क्षेत्रमा २ सय ५० किलो तौलको बम फेला परेको हो । बम फेला परेको क्षेत्र आसपासका करीब १४ हजार मानिसलाई घरबाट सुरक्षित स्थानमा पठाएपछि बम डिस्पोज गरिएको छ ।

बम डिस्पोज गर्नुअघि आसपासका घरहरुमा सबै विद्युतीय सामग्री समेत बन्द गर्न लगाइएको थियो । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा पाँच सय किलोको दोस्रो विश्वयुद्धकालिन बम फेला परेको थियो ।

उता, जर्मनीको डसलडर्फमा पनि गत महिना ५ सय किलोकै विश्वयुद्धको बम फेला परेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर