पहिलो खेलमै पीएसजीलाई झड्का

काठमाडौ । फ्रान्सेली लिग वान को च्याम्पियन पेरिस सेन्ट जेर्मेन (पीएसजी)लाई पहिलो खेलमा नै झड्का लागेको छ ।

गत सिजनको च्याम्पियन बनेको पीएसजी यस वर्षको सिजनको पहिलो खेलमा नै गोल गर्न असमर्थ रह्यो ।

पीएसजी शनिबार भएको खेलमा लोरेन्टसँग गोलरहित बराबरीमा रोकिएको हो ।

पीएसजीको टोलीमा फरवार्ड केलियन एम्बाप्पे र नेमार परेका थिएनन् ।

लियोनल मेस्सी यसै सिजन पीएसजीबाट इन्टर मियामी  गएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर