इङ्गलिस प्रिमियर लिग : आर्सनल विजयी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल विजयी भएको छ । नटिङ्घम फरेस्टसँग सिजनको सुरुवात गरेको आर्सनलले २–१ गोल अन्तरको जित निकालेको हो ।

खेलको २६ औं मिनेटमा एडी नकेटिया र ३२ औं मिनेटमा बुकायो साकाले आर्सनललाई अग्रता दिलाएका थिए । नटिङ्घम फरेष्टका लागी ताइवो अवोनिईले ८२ औं मिनेटमा जवाफी गोल गरेपनि पर्याप्त हुन सकेन । गएराती भएका अन्य खेलमा ब्राइटनले लुटनलाई ४– १ गोल अन्तरले हराएको छ । न्युकासल युनाईटेडले एस्टन भिल्लामाथि ५–१ गोल अन्तरको जित हात पार्‍यो । फुल्हयामले एर्भटनलाई १–० गोल अन्तरले पराजित गर्दा वर्नमाउथ र वेष्ट हृयाम युनाइटेडले १– १ को बराबरी गर्दै अंक बााडेका छन् । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर