४५ जना निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा

काठमाडौं ।  निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन खोजेपछि ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहका अनुसार उनीहरूलाई प्रहरीले ताला लगाउनबाट रोक्न खोजेको थियो। तर जबरजस्ती ताला लगाएको भन्दै प्रहरीले दुई कार्यालयबाट ४५ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले तालाबन्दीसँगै ती कार्यालयमा धर्ना पनि दिएका थिए। (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर