मन्त्रिपरिषद् हेरफेर हुँदै, हितबहादुर र अनितादेवी नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दैछन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दैछन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेको स्रोतको दाबी छ । तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये दुई जनालाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने  तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सम्भवतः आइतबार नै मन्त्रिपरिषद् हेरफेर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर