पाकिस्तानमा कार्यवाहक प्रधानमन्त्री घोषणा गर्ने तयारी

काठमाडौं । पाकिस्तानमा शनिबार कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा गर्ने तयारी भएको छ ।

प्रधानमन्त्री शहबाज शरीफले शनिबार कार्यबाहक प्रधानमन्त्री घोषणा गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार सम्भावित कार्यबाहक प्रधानमन्त्रीको सूचीमा सिनेट अध्यक्ष सादिक संजरानीको नाम पनि समावेश छ ।

गठबनधन दलबीच छलफल गरेपछि कार्यबाहक प्रधानमन्त्रीको नाम घोषणा हुने पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले जानकारी दिए । शुक्रबार साँझ प्रधानमन्त्री शरीफले गठबन्धन दलका नेताहरूलाई रात्रिभोज दिएका थिए ।

प्रधानमन्त्री शरीफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबारसम्म तय हुनेमा आफू आशावादी रहेको बताए एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर