काठमाडौं र सिन्धुपाल्चोकमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । आज शनिबार बागमती नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज काठमाडौं उपत्यका तथा सिन्धुपाल्चोकमा आकस्मिक बाढीको जोखिम छ ।

देशका धेरै ठाउँमा आज बिहानैदेखि हल्कादेखि मध्यम पानी परिरहेको छ । अहिले सामान्य वर्षा भए पनि दिउँसोदेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बर्ताए ।

उनका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान् महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकाले बाढीरपहिरो र भेलपहिरोको जोखिम हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै भोलि र पर्सि बाग्मतीसहित नारायणी, कर्णाली, राप्ती, बबई, महाकाली नदी र सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने अनुमान छ । सात वटै प्रदेशका मुख्य नदी र स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर