प्रधानमन्त्री प्रचण्ड चितवनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार अपरान्ह चितवन पुगेका छन्। उनलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायत माओवादी केन्द्रका नेताहरूले विमानस्थलमा स्वागत गरेका छन्।

चितवन प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला पनि हो। यसअघि चितवन–३ बाट निर्वाचित भएका प्रधानमन्त्री प्रचण्ड यसपटक भने गोरखाबाट निर्वाचन लडेका थिए। चितवनमा प्रधानमन्त्री प्रचण्डले एकतले घर बनाएका छन्। उनी पछिल्लो समय सोही घरमा पुगेर बस्ने गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड निकटवर्ती सूत्रका अनुसार अबको दुई दिन चितवन बस्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर