कांग्रेसका नेताहरूको मत : सांसद शर्मामाथि रिसइवी साँधियो?

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ । सामान्य मुद्दामा पक्राउ नै गरेर दुर्व्यवहार गर्नु गैरकानुनी भएको कांग्रेस नेताहरुको भनाइ छ । पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद श्याम घिमिरेले सामान्य केसमा संसद चलिरहेको सांसद पक्राउ गर्नु गैरकानूनी र गैरसंसदीय अभ्यास भएको उनले बताए ।

उनले सांसद शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए । उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण के पर्‍यो ? अरू  बाटाहरु पनि थिए। उहाँलाई बयान लिन सकिन्थ्यो होला। थुनामै राख्नुपर्ने कारण के पर्‍यो ? अरू यो प्रतिशोधको भावले काम गरेको बुझाइ हाम्रो रह्यो। यसको गृहमन्त्रीले संसद र सार्वजनिक रुपमा जवाफ दिनु पर्‍यो ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीको सांसद पक्राउ गर्नु अनुचित भएको भन्दै सांसदले धारणा राखेको बताए ।

उनले भने, ‘आज आपत्तिजनक र गम्भीर ढंगले साथीहरुले यो बिषयलाई उठाउनुभएको छ। यसलाई गम्भीरतापूर्वक लिएका छौँ । थप छलफल हुन्छौँ । र पर्सि निर्णय गर्छौँ ।’ यसैगरी कांग्रेसका सांसद चन्द्र भण्डारीले अदालतले सफाइ दिइसकेको मुद्दामा सुनिल शर्मालाई फेरि थुनिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोपसमेत लगाए । सांसद भण्डारीले भने, ‘तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन् । बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो ।’

सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापले सरकार पाकिस्तानी मोडलको शासन प्रणालीमा गएको देखिएको बताइन् । उनले विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलतर्फ जान सरकार उद्यत भएको आरोप पनि लगाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर