सुन तस्करी प्रकरण : संदिग्ध राकेश अडुकियाका छोरा रोहन पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा संदिग्ध राकेश अडुकियाका छोरा पक्राउ परेका छन् । नयाँदिल्लीबाट काठमाडौं आएका रोहन अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सिआइबीले राकेश अडुकियालाई सुन तस्करी प्रकरणको प्राइम सस्पेक्ट सूचीमा राखेको बुझिएको छ । उनलाई प्रहरीले खोजिरहेपनि भेट्टाउन सकेको छैन ।
सुन तस्करी प्रकरणमा अडुकियाको घरमा यसअघि राजश्व अनुसन्धान विभागले छापासमेत मारेको थियो । यसै सिलसिलामा शुक्रबार नै थप दुई चिनियाँ पक्राउ परेका थिए । पक्राउ परेका दुई चिनियाँलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर