‘सिंघम अगेन’मा अजय देवगनकी बहिनी दीपिका बन्दै

काठमाडौं । रोहित शेट्टीको सुपरहिट फ्रेन्चाइजी ‘सिंघम’को तेस्रो पार्ट ‘सिंघम अगेन’मा अभिनेत्री दीपिका पादुकोण महत्वपूर्ण भूमिकामा देखिने भएकी छन् ।

उनी रोहित शेट्टीको कप युनिभर्समा पहिलो महिला प्रहरीको भूमिकामा देखिनेछिन् ।

दीपिकाले यो एक्सन प्याक फिल्मको तयारी पनि सुरु गरिसकेकी छिन् । फिल्ममा अजय देवगनको बहिनी हुने लेडी सिंघमको भूमिकामा दीपिकाको भूमिका रहने बलिउड हंगामाले जनाएको छ ।

सिंघम अगेनमा दीपिकाको चरित्र निकै ठूलो रहने र उनले आफ्नो भूमिकाका लागि ३५ देखि ४० दिनसम्म सुटिङ गर्ने बताइएको छ ।

सिंघम अगेनमा टाइगर श्राफ पनि क्यामियो गर्दै देखिनेछन् । सिंघम अगेनको सुटिङ सेप्टेम्बरमा सुरु हुनेछ र अगस्ट २०२४ मा फिल्म रिलिजमा आउनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर