थप एक नक्कली डाक्टर पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले देशभर फक्सट्रट चार्ली अपरेशन चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गर्ने क्रम जारी राखेको छ । ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ। सिआइबीले काठमाडौँबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी पक्राउ परेकी हुन्। उनलाई काठमाडौँस्थित घरबाट पक्राउ गरिएको हो।

यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ। सिआइबीले मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पनि पक्राउ परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर