अमेरिकाको हवाइ राज्यमा डढेलोबाट ५३ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको हवाइ राज्यमा डढेलोबाट ५३ जनाको ज्यान गएको छ । हवाइको माउइ टापुमा लागेकाे डढेकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने केही घाइते भएका छन् । त्यहाँ एक हजारभन्दा धेरै मानिस हराइरहेका अनुमान छ । माउइ पर्यटकीय टापु मानिन्छ । मङ्गलबारदेखि शुरु भएको डढेलो फैलिएको छ ।

माउइ टापुसहित हवाइको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । त्यहाँका हजारौँ नागरिकलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । बिजुलीका पोल ढलेपछि ११ हजारभन्दा धेरै मानिस अन्धकारमा छन् ।

हवाइका गभर्नर जोस ग्रीनले धेरै वर्षपछि मानवीय क्षति भएको बताए । उनका अनुसार एक हजार ७ सयभन्दा धेरै भवनमा क्षति पुगेको छ । ऐतिहासिक सहर लाहैनाको ८० प्रतिशत भाग प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले माउइ टापुमा लागेको डढेलोलाई ठूलो विपद् घोषणा गरेको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर