सबै राजनीतिक दललाई विश्वासमा लिन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेललाई शुक्रबार बिहान भेट्न गएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई संसदको गतिरोधका सम्बन्धमा जिज्ञासा राख्दै उनले उक्त आग्रह गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आधा घण्टा भएको भेटमा संसद्को भइरहेको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयलले जानकारी दिएको छ ।

भेटमा राष्ट्रपति पौडेलले संसद्को भइरहेको अवरोधबारे चासो राखेका थिए । उनले संसद्को अवरोध खुलाउन राष्ट्रियसभा अध्यक्ष र सभामुखले गरेका छलफलको प्रयासबारे जानकारी पनि लिएका थिए ।

भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर संसद् अवरोध गर्दै आइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर