शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ ६० पैसा र बिक्रीमा १४६रुपैयाँ २६ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ२३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रूपैयाँ १२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ८८ पैसा र बिक्रीदर २९ रुपैयाँ ०१ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ४४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ२९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८८ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर